site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार उपसमिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति निर्माणमा सहज हुने गरी अर्थशास्त्री डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार उपसमिति गठन गरेको छ । 

गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले कार्की संयोजक रहने गरी नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाललाई सदस्य बनाएर उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिको सदस्यसचिवमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल छन् ।

बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधानमा सघाउन यो उपसमिति गठन गरिएको बताइएको छ । संयोजक कार्की नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष हुन् । उनी बोर्डको अध्यक्ष हुँदा धितोपत्र प्राथमिक र दोस्रो बजारमा ठूलो परिवर्तन भएको थियो । 

उनको पालामा वास्तविक क्षेत्रका कम्पनी पुँजी बजारमा भित्र्याउन धितोपत्र दर्ता तथा निष्कासन नियमावली जारी भएको थियो । यस्तै एफपीओ निष्कासनमा उनले मापदण्ड बनाएका थिए ।

उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त कर्मचारी हुन् ।

बैंकिङ क्षेत्र सुधार तथा विकास सुझावसम्बन्धी अध्ययन प्रतिवेदन तयार गर्न एक महिनाको अवधि दिइने बताइएको छ । यसका लागि राष्ट्र बैंकको कार्यादेश तयार भइसकेको छ । तर, सञ्चालक समितिबाट पास भएको छैन । आज वा भोलि यो कार्यदेश टुंगिने स्रोतले जनाकारी दिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्