खेल

काठमाडौं । १५औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डीमा छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार दोस्रो दिनको खेल सकिँदा सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । समूह ‘ए’ बाट वाग्मती ६ अंकसहित विजेता र सुदूरपश्चिम प्रदेश चार अंक जोड्दै उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट भने लुम्बिनी र कर्णालीले सेमिफाइनलमा स्थान बनाए ।
लुम्बिनीले चार अंक र कर्णालीले दुई अंक बटुल्दै शीर्ष दुई स्थानमा रहेका हुन् । शुक्रबार नै सेमिफाइनल र फाइनलका लागि प्रतिस्पर्धा हुनेछन् । छात्रमा भने लिगचरणका खेल पूरा भएका छैनन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ २२:१९
प्रतिक्रिया दिनुहोस्