site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय र चिनियाँ राजदूतको दौडधुप : दुवैको कूटनीतिक शैली फेरिएको हो ? 
SkywellSkywell

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि यो देशमा कोही हतारमा देखिन्छन् भने ती हुन्– नेपालका लागि भारतीय र चिनियाँ राजदूत । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई अहिले प्रधानमन्त्री र मन्त्रीहरुलाई भेट्न भ्याइनभ्याइ छ । 

प्रधानमन्त्री र मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण नभ्याउँदै राजदूतहरु प्रधानमन्त्री तथा मन्त्रीहरुको निवास र कार्यकक्षमा पुग्ने गरेका छन् । यसमा भारतीय र चिनियाँ राजदूतको अघोषित प्रतिस्पर्धा नै छ । 

KFC Island Ad
NIC Asia

“हाम्रो राजदूतले विदेशमा सम्बन्धित देशको प्रधानमन्त्री त के विदेशमन्त्रीलाई समेत भेट्न वर्षौँ कुर्नुपर्छ । विदेश सचिवलाई समेत चाहेको बेला भेट्न पाउँदैनन् । नेपाल हेर्ने सम्बन्धित महाशाखा प्रमुखलाई भेटेर चित्त बुझाउनु पर्छ । तर हाम्रोमा पदभार ग्रहण गर्न पाएको छैन राजदूतको लर्को लाग्छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो । 

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चौथोपटक देशको प्रधानमन्त्री नियुक्त भएपछि सोमबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । सोमबार नै उनले मन्त्रिपरिषद् विस्तार गरी २२ सदस्यीय बनाएका थिए । 

शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएर प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरे लगत्तै भारतीय र चिनियाँ राजदूतले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्न पुगेका थिए । 

राष्ट्रपति निवास शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि त्यहीँ भारतीय र चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीलाई भेटी बधाई दिएका थिए । त्यसको केही घण्टापछि उनीहरुले प्रधानमन्त्री ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । 

नेकपा एमालेका नेता राजन भट्टराईका अनुसार भारतीय र चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीसँग सोमबार शिष्टाचार भेटवार्ता गरेका थिए । 

नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले मंगलबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा र सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग उनीहरुको कार्यकक्षमा गई शिष्टाचार भेटवार्ता गरेका थिए । 

भारतीय राजदूतको दौडधुप यत्तिमै रोकिएको छैन । उनले बुधबार गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता गृहमन्त्रीको कार्यकक्षमा भएको थियो । 

नेपालका लागि चिनियाँ राजदूत छनले सोमबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनले बुधबार परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता परराष्ट्र मन्त्रालयमा भएको थियो । 

“प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसम्मलाई भेटेकोलाई ठिकै भन्न सकिएला तर अन्य मन्त्रीलाई नियुक्त भएलगत्तै भेट्नु अलि हतार गरेजस्तो देखिन्छ,” पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले बाह्रखरीसँग भने, “हामीकहाँ यस्तै प्रचलन चलिरहेको छ ।”

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्री भएपछि पहिला ब्रिफिङ लिने अन्तर्राष्ट्रिय अभ्यास छ । यस्तो प्रमुख देशका बारेमा ब्रिफिङ लिएको एक सातापछि विस्तारै कूटनीतिक भेटघाट सुरु गरिन्छ । 

“हामीकहाँ ब्रिफिङ लिने त परको कुरा पदभार पनि ग्रहण गर्न नभ्याउँदै भेटवार्ताको लागि राजदूतहरु धाउन थाले । हाम्रा प्रधानमन्त्री र मन्त्रीहरुले पनि विदेशी राजदूतसँग फोटो खिचाउन पाए आफ्नो मान प्रतिष्ठा बढेको ठान्न थाले । यसले देशको मान प्रतिष्ठा भने माथि उठाउँदैन,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

यस्तो नराम्रो अभ्यास नेपालमा संस्कारको रुपमा विकास हुनु झन् डरलाग्दो भएको स्रोतले बतायो । प्रधानमन्त्री तथा मन्त्रीका यस्ता कार्यले देशको प्रतिष्ठा नजोगिने तर्क स्रोतको छ ।

“करिब तीन करोड नेपाली जनताको इज्जत यसरी कहिलेसम्म माटोमा मिलाउने ? नेपाललाई परिपक्क देशको रुपमा अघि बढाउने सोच कसैको भएन,” स्रोतले भन्यो । 
 

राजदूतको फेरिएको शैली 
नेपालमा नयाँ सरकार गठन हुने वित्तिकै प्रधानमन्त्री र मन्त्रीहरुलाई भेट्न भारतीय र चिनियाँ राजदूतहरुको अघोषित प्रतिस्पर्धा नै हुने गरेको छ । यो विगत लामो वर्षदेखि चल्दै आएको छ । 

यसपटक भने भेटवार्ता बारे सूचना सार्वजनिक गर्ने सम्बन्धमा भने भारतीय र चिनियाँ राजदूतको शैली फेरिएको छ । 

यसअघि भारतीय राजदूतले प्रधानमन्त्री तथा मन्त्रीहरुसँग भेटेलगत्तै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्थे । त्यतिमात्र होइन भेटवार्ता हुँदा छलफल भएका विषय पनि उल्लेख गर्थे । यही कुरा दूतावासले सामाजिक सञ्जाल मार्फत पनि प्रचार गथ्र्यो । 

तर यसपटक भारतीय राजदूतले प्रधानमन्त्री र मन्त्रीहरुसँग गरेको शिष्टाचार भेटवार्ताबारे जानकारी राजदूतले सामाजिक सञ्जालमा सेयर गरेका छैनन् । भारतीय दूतावासले पनि भेटवार्ताको विषय केही बोलेको छैन । 

भारतीय मात्र होइन चिनियाँ शैली पनि फेरिएको छ । चीनले कूटनीतिक भेटवार्तालाई प्रायः गोप्य राख्ने गथ्र्यो । तर यसपटक चिनियाँ राजदूत छन्ले प्रधानमन्त्री र मन्त्रीसँग भएका भेटवार्ता आफैँ सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro