site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केन्यामा राष्ट्रपतिको राजीनामा माग गर्दै पुनः प्रदर्शन

नैरोबी । केन्यामा फेरि राष्ट्रपति विलियम रुटोको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन सुरु भएको छ । मंगलबारको प्रदर्शनी राजधानी नैरोबी र दक्षिणी तटीय सहर मोम्बासामा भएको छ ।  

सरकारको ट्याक्स वृद्धि योजनाको विरुद्धमा गएको मध्य जुनमा पनि व्यापक प्रदर्शन भएको थियो ।प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस र पानीको फोहरा समेत प्रहार गरेको छ । 

सो अवसरमा प्रदर्शनकारीले राष्ट्रपति रुटोलाई कुर्सी छोड्न आग्रह गरेका थिए । केहीले आम रूपमा सुधारको माग गरेका थिए ।

स्थानीय किटेनगाला सहरमा भेला भएका करिब दुई सय प्रदर्शनकारीले रुटो हट्नैपर्ने माग गरेका थिए । सो स्थानमा कम्तीमा एक व्यक्ति मारिएको बताइएको छ ।

हालै राष्ट्रपति रुटोले मन्त्रिमण्डल बर्खास्त गरी सुधारको प्रतिबद्धता जनाए पनि उनलाई जनताले पुनः अस्वीकार गरेका छन् । अल्जजिरा

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro