site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एलन मस्कले ट्रम्पलाई मासिक ४५ मिलियन डलर दिने
SkywellSkywell

वासिंटन । अमेरिकी बिलियनर एलन मस्कले अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पलाई हरेक महिना ४५ मिलियन डलर दिने अमेरिकी मिडियाले जनाएका छन् । उनलाई सहयोग गर्ने गरी सुपर पोलिटिकल एक्सन कमिटी (सुपर प्याक)मार्फत दिने जनाइएको छ । 

जसअन्तर्गत ट्रम्पलाई मदत गर्ने गरी मतदाता दर्ता, चाँडो मतदान जस्ता कुरालाई प्रवर्द्धन गरिनेछ । सोसम्बन्धी विषयमा वाल स्ट्रिट जर्नलले समाचार लेखेको थियो ।

Dabur Nepal
NIC Asia

मस्कले औपचारिक रूपमा गएको शनिबार पेन्सिलभानियामा हत्या प्रयासमा ट्रम्प जोगिएपछि भावी राष्ट्रपतिको रूपमा उनलाई समर्थन गरेका थिए ।

उनले सामाजिक सञ्जाल एक्समा त्यतिबेला लेखेका थिए, “म पूर्ण रूपमा राष्ट्रपतिमा ट्रम्पलाई अनुमोदन गर्दछु र उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

रिपोर्टका अनुसार मस्कले अर्को महिनाबाट सो सहयोग उपलब्ध गराउनेछन् । अल्जजिरा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu