वासिंटन । अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसले रिपब्लिकन पार्टीका तर्फबाट उपराष्ट्रपति पदका लागि उमेदवार बनेका जेडी भान्सलाई उमेदवारीको लागि बधाई दिँदै टेलिभिजन ‘डिबेट’मा सहभागी हुन निम्तो दिएकी छन् ।
उनले भान्सलाई भ्वाइस मेल पठाएर सीबीएस न्युजबाट प्रस्ताव गरिएको डिबेटमा भेट हुने अपेक्षा गरेको कमलाको क्याम्पेनका एक अधिकारीले जानकारी दिएका छन् ।
उपराष्ट्रपति पदका उमेदवारसँग डिबेटका लागि सीबीएस न्युज र फक्स न्युजका तर्फबाट प्रस्ताव गरिएको छ । तर, दुवै उमेदवारका पार्टी क्याम्पेनको तर्फबाट स्वीकृत भने भइनसकेको जनाइएको छ ।
यसअघि राष्ट्रपति पदका उमेदवारहरूबीच पहिलो डिबेट सीएनएनले गराएको थियो । सो डिबेटपछि राष्ट्रपति जो बाइडेन फेरि डेमोक्रयाट पार्टीबाट उमेदवार कायम हुने कि नहुने भन्ने बारेमा सोही पार्टीभित्र विवाद भइरहेको छ । इन्डेपेन्डेन्ट