site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन, ६ विद्यार्थीको मृत्यु : शिक्षण संस्था अनिश्चितकाल बन्द 
SkywellSkywell

ढाका । बंगलादेशमा जागिरमा आरक्षणको विरुद्धमा भएको प्रदर्शनमा ६ जना विद्यार्थीको  मृत्यु भएको छ । सो घटनापछि देशभरीका सबै विद्यालय र युनिभर्सिटी अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बंगलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लड्ने व्यक्तिका छोराछोरीलाई आरक्षण दिने गरिएको छ । सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । 

KFC Island Ad
NIC Asia

आलोचकहरुले आरक्षणको यो व्यवस्था बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समर्थन गर्ने सरकार समर्थक समूहका बालबालिकालाई अनुचित लाभ पुर्‍याउने खालको भएको आरोप लगाएका छन् ।  

हसिनाले गएको जनवरी महिनामा लगातार चौथोपटक चुनाव जितेकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानकी छोरी हुन् । 

Royal Enfield Island Ad

बंगलादेशमा पछिल्ला केही दिनदेखि सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाको विरुद्ध प्रदर्शन भइरहेको छ ।

यो भन्दा अघि हप्तौं भएको विरोध प्रदर्शनपछि २०१८मा भर्नाको यो व्यवस्थामा रोक लगाइएको थियो । पछिल्लो महिना एक अदालतले आरक्षणलाई फेरि एकपटक बहाल गरेको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro