site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा रेलमार्ग जोड्ने भारतको यस्तो छ तयारी
फाइल तस्बिर ।
SkywellSkywell

जलपाइगुडी । भारतले पश्चिम बंगालको न्यू माल जंक्सनबाट बिहारको जोगवनीसम्म रेल लैजान नेपालको बाटो हुँदै जोड्ने योजना बनाएको छ । 

उत्तरपूर्वलाई मुख्य भूभागसँग जोड्न ‘चिकेन्स नेक’ समेत भनिने सिलिगुडी कोरिडोरको निर्भरता घटाउनका लागि नयाँ रेलवे लाइन बनाउने योजना बनाइएको जनाइएको छ । बंगलादेशसँग समेत यसै उदेश्यका लागि ट्रयाक बनाइने जनाइएको छ ।

KFC Island Ad
NIC Asia

फाइनल लोकेसन सर्भे (एएलएसर)मा विराटनगर र न्यू माल जंक्सनबीचको १९० किमीको रुट स्वीकृत गरिएको जनाइएको छ । प्रस्तावित गलगलिया (विहार)–भद्रपुर (नेपाल)–काजली बजार (नेपाल) सेक्सनको लागि थप १२.५ किमी रेलवे ट्रयाक जरुरी पर्ने भारतीय रेलवेको भनाइ छ । 

जोगवनी–विराटनगर ब्रोड गेज सेक्सनमा १८.६ किमी ट्रयाक भारततर्फ र १३.१५ किमी नेपालमा हुने जनाइएको छ । सो सेगमेन्टको जिम्मेवारी नेपाल सरकारले चाँडै लिने र सोसम्बन्धी काम चलिरहेको जनाइएको छ ।

Royal Enfield Island Ad

भारतको अहिलेको रेल रुट भारतको मुख्य भूभागबाट उत्तरपूर्व जाँदा इश्लामपुरको अलुवाबारी सडक हुँदै जाने गरेको छ । सो क्षेत्र चिकेन्स नेकको रूपमा चिनिएको नेपाल र बंगलादेशको बीचमा स्यान्डबीचको रूपमा रहेको २२ किमी चौडा क्षेत्र हुँदै जान्छ ।  

अलुवाबारीबाट रेल न्यूजलपाइगुडी जंक्सन वा सिलगुडी जंक्सनतर्फ जाने गरेको छ । चिकेन्स नेकको निर्भरता घटाउन नेपाल र बंगलादेश हुँदै भारतीय रेलवेले १४ वटा फाइनल लोकेसन सर्भे (एफएलएस) स्वीकृत गरेको भारतीय रेलवेका चिफ पब्लिक रिलेसन अफिसर सब्यसाची डेले जनाएका छन् । टाइम्स अफ इन्डिया

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro