बाह्रखरी फोटो
काठमाडौं । ललितपुरको लगनखेलमा राखेको रातो मच्छिन्द्रनाथको पूजा तथा दर्शन गर्न आज बिहान भक्तजनको भीड लागेको छ । बिहान भक्तजन जम्मा भएर बत्ती दिने र पाठ पढ्ने प्रचलन छ ।
वैशाख २९ गतेदेखि पुल्चोकबाट रथयात्रा सुरु गरेको रातो मच्छिन्द्रनाथ र मीननाथको रथ हाल ललितपुरको ठथी टोलमा छ । साउन १७ गतेको साइतमा रथ ठथी टोलबाट तानेर जावलाखेल पुर्याइन्छ । त्यसको चार दिनपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाएपछि जात्रा सम्पन्न हुन्छ ।
रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१ १३:१८
प्रतिक्रिया दिनुहोस्