site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पलेँटी कसेर मौन बसे रास्वपा सांसद (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सोमबार पनि प्रतिनिधिसभा वेल घेराउ गरेका छन् । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राखिरहेको रास्वपाले विरोधलाई निरन्तरता दिएको हो ।

आव बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्न दिएका थिए । उनले अवरोधका बीच बैठक चलाए आफूहरूले बहिष्कार गर्ने बताएका थिए ।

त्यसपछि बोलेका रास्वपाका सन्तोष परियारले छानबिन समिति बनाउनुपर्ने अडान राखे । उनको सम्बोधनपछि सभामुखले बैठक अघि बढाएपछि रास्वपाका सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न आइपुगेका थिए । राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रास्वपाका सांसदहरूले बैठक चलिरहँदा कहिले उठेर नाराबाजी त कहिले पलेँटी कसेर विरोध गरिरहेका छन् । पलेँटी कसेर बस्दा उनीहरू मौन थिए ।

हेर्नुहोस् तस्बिरहरू

Raswapa-Parliament-(1)-1750061889.jpg

Raswapa-Parliament-(11)-1750061888.jpg

Raswapa-Parliament-(12)-1750061888.jpg

Raswapa-Parliament-(9)-1750061887.jpg

Raswapa-Parliament-(10)-1750061887.jpg

Raswapa-Parliament-(7)-1750061885.jpg

Raswapa-Parliament-(8)-1750061886.jpg

Raswapa-Parliament-(4)-1750061885.jpg

Raswapa-Parliament-(5)-1750061885.jpg

Raswapa-Parliament-(6)-1750061885.jpg

Raswapa-Parliament-(3)-1750061884.jpg

Raswapa-Parliament-(2)-1750061884.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्