site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यायालयमा मुद्दा फर्स्योट दर उत्साहजनकरूपमा बढ्यो !

काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५४१ मुद्दा फर्स्योट गरेको छ । गत आर्थिक वर्षमा विगतका वर्षहरूबाट लगत सरेका र नयाँ दर्तासहित ४० हजार ९१२ मुद्दा थिए । त्यसको झन्डै ३८ प्रतिशत मुद्दा फर्स्योट भएको सर्वोच्चको तथ्यांक छ ।

सर्वोच्च अदालत प्रशासनका तर्फबाट सोमबार आर्थिक वर्षभरको प्रारम्भिक समीक्षा सार्वजनिक भएको हो । सोमबार भएका ५७ मुद्दाको फैसलासमेत जोड्दा फर्स्योट दर ३७.९८ प्रतिशत हुन आउँछ ।  अदालतले गत वर्ष साउन १ गतेदेखि आजसम्म भएका फर्स्योटको तथ्यांक हेर्दा फैसलाको दर उत्साहजनक बढेको सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले जानकारी दिए । 

“अदालतमा दर्ता हुन आएका भन्दा बढी मुद्दा फर्स्योट भएका छन्,” पौडेलले भने, “न्यायाधीश खाली नरहने र समयमा नियुक्ति हुने हो भने यो दर अझ बढेर जाने छ ।”

Dabur Nepal
NIC Asia

उनले पाँचौँ पञ्चवर्षीय योजना अझ बढटी महत्त्वकांक्षी रहेको भन्दै त्यसको कार्यान्वयन भइसक्दा सर्वोच्चमा पुराना मुद्दाको लगत घटेर जाने अपेक्षा गरिएको जानकारी दिए ।

सर्वोच्चमा १० वर्ष नाघेका मुद्दाको संख्या सातमा झरेको छ । पाँच वर्ष नाघेका मुद्दाको संख्या तीन हजार २४२ र दुई वर्ष नाघेका मुद्दाको संख्या १२ हजार २० छ । पुराना मुद्दा घटाउन अभियान फाँट बनाएर मुद्दाको तारिख सार्न नपाइने र विशेष अवस्थामा बाहेक स्थगित गर्न नपाइने बनाइएपछि पुराना मुद्दाको लगत घटेको रजिस्ट्रार पौडेलले जानकरी दिए ।

“पुराना मुद्दाको लगत घटाउन महान्यायाधिवक्ता कार्यालय र नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीको सहयोगले सम्भव भएको हो,” पौडेलले भने, “शुक्रबार कार्यालय समय ३ बजेसम्म मात्र भए पनि श्रीमान्‌हरू (न्यायाधीशहरू)ले ओभरटाइम सुविधासमेत नलिई थप समय काम गरिरहनुभएको छ । र, कर्मचारीहरूले न्यूनतम सुविधानमै थप समय काम गर्नुभएको छ ।”

उच्च अदालतमा मुद्दा फर्स्योट दर (फैसला हुने दर) ६२.६१ प्रतिशत छ भने जिल्ला अदालतको ५७.०६ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा सबै उच्च अदालतमा गरी ६५ हजार ३१० मुद्दा रहेकोमा ४० हजार ८९७ मुद्दा फर्स्योट भएका छन् ।

यस्तै,  सबै जिल्ला अदालत गरी दुई लाख ५८ हजार ३७२ मुद्दा दर्ता भएकोमा एक लाख ४७ हजार ४४६ मुद्दा फैसला भएका छन् । अब सबै जिल्ला अदालतमा गरी एक लाख १० हजार ९२६ मुद्दा बाँकी छन् ।

सर्वोच्च अदालतमा भने यस आर्थिक वर्षका बाँकी रहेका मुद्दा सोमबार फैसला भएका ५७ घटाउँदा २५ हजार २७१ छन् ।

आर्थिक वर्ष ०८०/८१ मा सबै तहका अदालतमा गरी कुल तीन लाख ६४ हजार ५९४ मुद्दा लगतमा रहेकोमा दुई लाख तीन हजार ८२७ मुद्दा फर्स्योट भएका छन् । अब अर्को आर्थिक वर्षमा सर्ने गरी कुल एक लाख ४० हजार ७६७ मुद्दा छन् । 

सर्वोच्च अदालतले पाँच वर्ष नाघको मुद्दा फर्स्योट दर बढाउन डेडिकेटेड इजलासको व्यवस्था गरेको छ । यस्तै, ५० प्रतिशत कैद भुक्तान भइसकेका थुनुवाको मुद्दा हेर्न पनि डेडिकेटेड (विशेष) इजलासको व्यवस्था गरेको छ ।

सर्वोच्चले विकास निर्माणसम्बन्धी मुद्दा हेर्न पनि डेडिकेटेड बेन्चको व्यवस्था गरेको छ । विकास निर्माणसहित विभिन्न आर्थिक विषयमा अन्तरिम आदेशका कारण भएको आर्थिक प्रभावको मूल्यांकनका लागि अध्ययन गर्ने काम भइरहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro