site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाफा बुकमा लाग्दा घट्यो नेप्से, ६ महिनापछिकै उच्च मूल्यको सेयर कारोबार
SkywellSkywell

काठमाडौं । नयाँ सरकार गठन भएको दिन सेयर बजार मापक नेप्से परिसूचक १७.१८ अंकले घटेको छ । कारोबार रकम भने उच्च मूल्यको भएको छ ।

यस दिन आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गएको माघ ४ गते आठ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसपछिको उच्च मूल्यको कारोबार सोमबार भएको हो ।

Dabur Nepal
NIC Asia

आज लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा बजारमा दबाब देखियो । पछिल्ला चार कारोबार दिन बजार उच्च अंकले बढेको थियो । आइतबार (हिजो) नेप्से ५३ अंकले बढेको थियो ।

सोमबार नाफा बुक गर्नतर्फ लगानीकर्ता लगेको प्रस्ट छ । किनभने, कारोबार रकम पनि आइतबारको तुलनामा एक अर्ब ११ करोड रुपैयाँले बढेको छ । आइतबार सात अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

१३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि लगानी समूहको भएको छ । यो समूहको परिसूचक १.७० प्रतिशतले बढेको छ ।

सर्वाधिक परिसूचक घट्नेमा विकास बैंक समूह छ । यो समूहको परिसूचक १.८९ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu