देश
काठमाडौं । नेपाली सेनाले सिन्धुपाल्चोकमा बाढीको जोखिममा परेका नौजनाको उद्धार गरेको छ । अविरल वर्षासँगै सोमबार बिहान २ बजेतिर बाह्रबिसे नगरपालिका–३, खाद्लस्थित ठाडोखोलामा पानीको बहाव उच्च भएको थियो ।
त्यसपछि उक्त स्थानमा सेनाको फौज खटाइएको थियो । टोलीले त्यस स्थान वरपर जोखिम परेका नौजनाको सकुशल उद्धार गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ ।
उद्धार गरिएका नौजनालाई सेनाको बाह्रबिसे सुरक्षा बेसमा स्थानान्तरण गरिएको जंगीअड्डाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १०:१५
प्रतिक्रिया दिनुहोस्