site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोकसहित यी जिल्लामा बाढीको जोखिम
सिन्धुपाल्चोकस्थित इन्द्रावती नदीमा आएको बाढीले जोखिममा रहेको मेलम्चीको बेलीब्रिज । तस्बिर : देवराज सुवेदी/रासस

काठमाडौं । अबका तीन दिन कोसी र यसका सहायक अरुण, तमोर, तामाकोसी, सुनकोसी, दूधकोसी नदीहरूको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सामान्य बढ्दो हुने सम्भावना छ ।

यस्तै, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती नदीको जलसतह सामान्य बढ्दो हुने अनुमान गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दोलखा, रसुवा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीमा बहाव बढ्नेछ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएकाले उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, धादिङ, गोरखा, लमजुङ, रुकुम पश्चिम, कालीकोट, बझाङ र दार्चुला भई बहने अधिकांश साना नदीमा पनि बहाव बढ्ने महाशाखाको अनुमान छ ।

s1-1721016117.jpg

s2-1721016117.jpg

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro