site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोपा अमेरिका–२०२४ : क्यानडालाई हराउँदै उरुग्वे तेस्रो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । इन्जुरी समयमा लुइस स्वारेज चम्किँदा क्यानडाविरुद्ध टाइब्रेकरमा जित निकाल्दै कोपा अमेरिका–२०२४ मा उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ । 

आइतबार बिहान अमेरिकाको बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा उरुग्वे इन्जुरी समयसम्म २–१ ले पछि थियो । तर, इन्जुरी समयको दोस्रो मिनेटमा स्वारेजले गोल गरेपछि उरुग्वे खेलमा फर्कियो । यसपछि थप गोल हुन नसक्दा नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पेनाल्टीमा उरुग्वेका चारमध्ये चार खेलाडीले नै गोल गर्न सफल रहे । उरुग्वेका लुइस स्वारेज, फेडेरिको भाल्भार्डे, रोड्रिगो बेन्टानकुर र जर्जियन डे अरास्केटाले गोल गरे । क्यानडाबाट भने पाँचमध्ये तीन खेलाडीले मात्र गोल गर्न सफल रहे । क्यानडाका जोनाथन डेविड, मोइस बोम्बिटो र माथ्यु सोइनियरले गोल गरे । इस्माल कोन र अल्फान्सो डेविसको प्रहारले भने जाली चुम्न सकेन । 

त्यसअघि खेलको आठौँ मिनेटमा राड्रिगो बेन्टानकुरले गोल गर्दै उरुग्वेलाई अग्रतामा राखेका थिए । तर, मार्सेलो वियल्साको प्रशिक्षणमा रहेको उरुग्वेको यो अग्रता लामो समय टिक्न भने सकेन । २२औँ मिनेटमा इस्माल कोनले गोल गर्दै क्यानडालाई खेलमा फर्काएका थिए । ८०औँ मिनेटमा जोनाथन डेविडले गोल गर्दै क्यानडालाई २–१ को अग्रतामा राखेका थिए । तर, इन्जुरी समयमा स्वारेजको गोलमा उरुग्वे खेलमा फर्किएको थियो । 

Royal Enfield Island Ad

प्रतियोगिताको सेमिफाइनलमा उरुग्वेले कोलम्बियासँग १–० को हार बेहोरेको थियो । क्यानडा भने साविक विजेता अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो । पहिलोपटक कोपा अमेरिका खेलिरहेको क्यानडाले डेब्युमै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । प्रतियोगिताका उपाधिका निम्ति सोमबार बिहान अर्जेन्टिना र कोलम्बिया भिड्दै छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro