विदेश
नयाँ दिल्ली । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक चुनावी र्यालीमा गोलीप्रहार भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गरेका छन् ।
उनले एक्समा भनेका छन्, “मेरा मित्र तथा पूर्व राष्ट्रपति ट्रम्पमाथि भएको हमलाबाट निकै चिन्तित छु । घटनाको कडा निन्दा गर्दछु । राजनीति र लोकतन्त्रमा हिंसालाई कुनै स्थान छैन । उनलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हाम्रो प्रार्थना मृतकका परिवार, घाइते र सबै अमेरिकी जनताका साथ छ ।” बीबीसीबाट
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ ०९:१७
प्रतिक्रिया दिनुहोस्