site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पारिश्रमिकमा विवाद : हत्या आरोपमा श्रीमान्–श्रीमती पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङमा हत्या आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४, हाटखोलाका ३६ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी छन् ।

मोरङकै सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । गएको बिहीबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सुन्दरहरैँचा–१, कुमारगाउँस्थित आफ्नै कुखुरा फार्ममा सहदेव बिहीबार बिहान मृतावस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उक्त फार्ममा काम गर्ने सुनील र उनकी श्रीमतीलाई पक्राउ गरेको हो ।

फार्म सञ्चालक र सुनीलबीच पारिश्रमिकका विषयमा बुधबार राति विवाद भएको थियो । त्यसक्रममा उनीहरूले बन्चरो र फलामको दाउ प्रहार गरी सहदेवको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro