site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनले कमलालाई ‘भाइस प्रेसिडेन्ट ट्रम्प’ र जेलेन्स्कीलाई ‘प्रेसिडेन्ट पुटिन’ भनेपछि...
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

वासिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेनले दुई अलग कार्यक्रममा आफ्नै उपराष्ट्रपति कमला ह्यारिसको नाम लिँदा ‘भाइस प्रेसिडेन्ट ट्रम्प’ र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको नाम लिँदा ‘प्रेसिडेन्ट पुटिन’ भनेपछि राष्ट्रपति पदमा उनको उमेदवारीलाई लिएर आफ्नै पार्टी डेमोर्क्र्याटमा अप्ठेरो अवस्था सिर्जना हुने संकेत मिलेको छ ।

बाइडेनले नेटोको शिखर बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिने क्रममा कमला ह्यारिसलाई झुक्किएर ‘भाइस प्रेसिडेन्ट ट्रम्प’ भनेका हुन् । जबकि, डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उमेदवार छन् ।

युक्रेनसम्बन्धी एक अलग कार्यक्रममा बिहीबार नै उनले युक्रेनका राष्ट्रपतिलाई ‘प्रेसिडेन्ट पुटिन’ भनेका थिए । जबकि, प्रेसिडेन्ट पुटिन युक्रेनका राष्ट्रपति नभएर रुसका राष्ट्रपतिको नाम भ्लादिमिर पुटिन हो । जेलेन्स्कीलाई त्यसो भनेलगत्तै बाइडेनले सच्याउने प्रयास गरेका थिए । द हिलबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro