site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम 

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'रक्तदान गर्नुहोस्, जीवन दान गर्नुहोस्' भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ । 

सिटी एक्सप्रेसको कमलादीस्थित मुख्य कार्यलयमा उल्लेख्य व्यक्तिको सहभागिताका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति थियो । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

हालै कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको र यसबाटै रेमिट्यान्स पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro