site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षपछि नेप्से २२ सय विन्दुमाथि, जीवन र निर्जीवन बिमा समूहले उचाले सेयर बजार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक एक वर्षपछि २२ सय विन्दु पार गरेर बन्द भएको छ । गत वर्षको साउन ८ गते २२ सय विन्दुमा बन्द भएको बजार त्यसपछिका कारोबार दिनमा त्यसभन्दा माथि पुग्न सकेको थिएन । 

तर, गएको माघ ३ गते भने बजारले उच्च विन्दु २२१५ कायम गरेको थियो । सो दिनको उच्च विन्दु २२ सय पार गरेको भए पनि २१६३ विन्दुमा झरेर बन्द भएको थियो । आज सेयर बजारमा सात अर्ब आठ करोड रुपैयाँको कारोबार भएको छ । यो ६ महिनापछिकै उच्च मूल्यको सेयर कारोबार हो ।

यसअघि माघ ७ मा सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज लघुवित्त र व्यापार समूहको परिसूचक घटेको छ । लघुवित्तको परिसूचक ०.५३ प्रतिशत र व्यापार समूहको परिसूचक ०.३९ प्रतिशतले घटेको छ ।

वाणिज्य बैंक, निर्जीवन बिमा र जीवन बिमा समूहको परिसूचकले आज बजारलाई उचालेको देखिन्छ । यसदिन जीवन बिमा समूहको परिसूचक ३१८.६९ अंकले बढेको छ भने निर्जीवन बिमा समूहको परिसूचक १११.९० अंकले बढेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूहको परिसूचक प्रतिशतका हिसाबले अरु समूहभन्दा उच्च बढेको छ । यो समूहको परिसूचक २८.२७ अंक अर्थात् २.४२ प्रतिशतले बढेको छ । आज नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा बन्द भएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro