site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनको आर्थिक प्रभाव : विश्वमा कहाँ कस्तो ?
SkywellSkywell

वासिंटन । चीनको आर्थिक प्रभाव विश्वका मध्यम आय भएका मुलुकमा भन्दा बढी सकारात्मक रूपमा लिने गरेको पाइएको छ । पिउ रिसर्च सेन्टरले ३५ देशमा गरेको सर्भेका क्रममा यस्तो नतिजा आएको हो । 

“हामीले सर्भे गरेका ६ महादेशका सबै देशका बहुसंख्यकले चीनको प्रभाव आफ्नो देशको आर्थिक अवस्थामा सुहाउँदो भएको जनाएको” वासिंटनमा आधारित सो थिंक ट्यांकले सोमबार जारी गरेको रिपोर्टमा उल्लेख छ । 

१३ मध्ये १० देशका धेरै मानिसले त्यही प्रश्न पाँच वर्षअघि सोधिएको भन्दा आफ्नो देशको अर्थतन्त्रसँग चीनको राम्रो प्रभाव परेको जनाएको पिउले उल्लेख गरेको छ ।  चीनको सबैभन्दा राम्रो प्रभाव ब्राजिलमा परेको छ । जहाँ २०१९ मा २६ प्रतिशत सकारात्मक भएकोमा २०२४ मा ५१ प्रतिशत छन् । 

KFC Island Ad
NIC Asia

यस्तै, भारत, केन्या, अर्जेन्टिना, मेक्सिको, ट्युनिसिया र टर्कीमा त्यसको दायरा १२ बाट बढेर १९ प्रतिशत पुगेको  छ । फरक सर्भे समय सीमामा चिली पनि माथि उक्लिएको पाइएको छ । सर्भेमा भाग लिएका ६० प्रतिशतले चीन उनीहरूको अर्थतन्त्रमा प्रभावशाली भएको बताएका छन् ।  २०१३ मा भन्दा अहिले २९ प्रतिशतले बढेको छ । 

सर्भे ३५ देशका ४४ हजारभन्दा बढीसँग गरिएको थियो । सो सर्भे जनवरी र मेको बीचमा गरिएको थियो । यसमा एसिया प्यासिफिक, युरोप, अमेरिका, अफ्रिका र मध्यपूर्व–उत्तर अफ्रिका क्षेत्रका देशहरू सामेल थिए ।

Royal Enfield Island Ad

सबैभन्दा धेरै चीनको विदेशमा आर्थिक प्रभाव बेल्ट् एन्ड रोड इनिसिएटीभ (बीआरआई)को परेको पाइएको छ । बीआरआई दश वर्षअघि सुरु भएको थियो । चीनको अहिले विदेशमा प्रत्यक्ष लगानी करिब तीन ट्रिलियन डलर रहेको  पिउले जनाएको छ । रिपोर्टमा घरेलु आर्थिक अवस्थाका बारेमा पनि चीनको प्रभावको चर्चा गरिएको छ । 

१५ मध्येका आठ देशमा जसको पहिलाको तथ्यांक पनि उपलब्ध छ, चीनको प्रभाव बढी नकारात्मक भएको बताएको पिउले जनाएको छ । जापानमा यसको मात्रा सन् २०१९ मा ४२ प्रतिशत थियो भने २०२४ मा ६७ प्रतिशत नकारात्मक पुगेको छ । उनीहरूले चीनको आफ्नो आर्थिक अवस्थामा नकारात्मक असर गरेको जनाएका छन् ।

इजरायलमा नकारात्मक मात्रा १६ अंकले वृद्धि भएको छ । अर्जेन्टिनामा आठ अंकको प्रतिशतले फरक परेको छ । यस्तै, दक्षिण कोरिया र ट्युनिसियामा २०१९ को भन्दा सात प्रतिशतले वृद्धि भएको छ । मेक्सिको एउटा त्यस्तो मुलुक हो जहाँ धेरैले चीनले सकारात्मक प्रभाव पारेको बताएका छन् । जहाँ २०१९ मा ५३ प्रतिशत सकारात्मक प्रभाव परेको बताएकोमा २०२४ मा बढेर ६० प्रतिशत पुगेको छ । 

यो वर्षको मात्रै तथ्यांक हेर्दा फरक आम्दानीको तहअनुसार चीनको प्रभाव विभाजित देखिएको छ । १७ वटा मध्यम आय भएका देशको सर्भे गर्दा ४७ प्रतिशत मध्यम वर्गीय मानिसले चीनले सकारात्मक प्रभाव पारेको जनाएका छन् । १८ उच्च आम्दानी भएका मुलुकमा गरिएको सर्भेमा  मध्यम आयका ५७ प्रतिशत मानिसले नकारात्मक धारणा राखेका छन् ।

चीनको प्रभावबारे सबैभन्दा बढी नकारात्मक धारणा अमेरिकामा पाइएको छ । जहाँ ७६ प्रतिशतले नकारात्मक धारणा राखेका छन् । त्यसपछि जर्मनीका ६९ प्रतिशत, फ्रान्सका ६८ प्रतिशत तथा क्यानडा, जापान, दक्षिण कोरिया र अष्ट्रेलियाका ६७ प्रतिशतले नकारात्मक धारणा राखेका छन् । 

सिंगापुर, नाइजेरिया, मलेसिया, थाइल्यान्ड र पेरुका मानिसले चीनको सकारात्मक असर परेको जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro