site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजावासीलाई स्थान छोड्न इजरायली सेनाको आदेश

गाजा । इजरायली सेनाले गाजा क्षेत्रका सबैजनालाई उक्त ठाउँ छोड्न चेतावनी दिएको छ । जिमानबाट खसालिएको पर्चामा गाजा सिटीका सबैलाई त्यो क्षेत्र छोड्न भनिएको छ । उक्त स्थानलाई ‘डेन्जरस कम्ब्याट जोन’ उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रसंघले इजरायली सेनाले स्थान खाली गर्न दिएको आदेशप्रति गहिरो चासो व्यक्त गरेको छ । गाजा क्षेत्रमा युद्ध सुरु भएपछि यसरी सबै खाली गर्न इजरायली सेनाले आदेश दिएको दोस्रोपटक हो ।

गएका दुई सातामा इजरायली सेना गाजा क्षेत्रका केही जिल्लामा प्रवेश गरेको थियो । त्यहाँ हमास र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु संगठित भइरहेको इजरायली सेनाको भनाइ थियो ।

हमासले इजरायलको नयाँ गतिविधि सम्भावित युद्धविरामलाई अवरुद्ध गर्ने चुनौती भएको जनाएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro