site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेटो बैठक : युक्रेनलाई ४३.३ बिलियन डलर र एफ–१६ फाइटर जेट दिइने
तस्बिर : ईपीए ।

वासिङटन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का नेताहरूको शिखर बैठकमा युक्रेनलाई आफ्नो सदस्यता दिन अपरिवर्तनीय बाटो खुला गर्ने विषयमा सहमति जनाइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि युद्धविरामका निम्ति युक्रेनले नेटोको सदस्यता लिने तयारी छोड्नुपर्ने सर्त राखेका थिए । युद्धमा रुसले जितेका स्थान युक्रेनले छोड्नुपर्नेसहित उनले मुख्य दुई सर्त राखेका थिए ।

तर, अमेरिकाको राजधानी वासिङटनमा भएको नेटोको पछिल्लो बैठकबाट युक्रेनको सदस्यताको प्रक्रियालाई अपरिवर्तनीय भन्दै पुटिनलाई कडा जवाफ दिइएको छ । युक्रेन कहिले नेटोमा सामेल हुने भन्ने समयसीमा भने शिखर सम्मेलनले तय गरिनसकेको जनाइएको छ ।

३२ राष्ट्र सदस्य रहेको उक्त सैनिक गठबन्धनले युक्रेनलाई युद्धमा अटल सहयोग गर्ने विषयमा प्रतिबद्धता जनाएको छ ।

साथै, नेटोले आउँदो वर्ष युक्रेनलाई ४३.३ बिलियन डलर आर्थिक सहयोग तथा एफ–१६ फाइटर जेट र अरू एयर डिफेन्स सहयोग उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेबर्गले युक्रेनलाई दिइने समर्थन परोपकार नभएर आफूहरूकै सुरक्षा चासोको विषय भएको जनाएका छन् ।

युक्रेनमा रुसद्वारा गरिएको आक्रमण नेटो शिखर सम्मेलनको मुख्य प्राथमिकताको विषय भएको जनाइएको छ । शिखर बैठकमा तयार पारिएको घोषणामा रुसलाई सुरक्षाका निम्ति सबैभन्दा महत्त्वपूर्ण र प्रत्यक्ष चुनौतीका रूपमा उल्लेख गरिएको छ । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिकाले निर्माण गरेका एफ–१६ जेट डेनमार्क र नेदरल्यान्ड्सबाट युक्रेन पठाउने प्रक्रिया अघि बढेको जनाएका छन् ।

उक्त शिखर सम्मेलनमा ३२ देशका नेताका अतिरिक्त युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की पनि सहभागी थिए । उनलाई शिखर बैठकमा निम्त्याइएको थियो । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro