site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जहाँ पर्यटक धेरै भएर ‘टुरिस्ट गो होम’ नारा लगाइन्छ
SkywellSkywell

स्पेन । धेरै देशमा पर्यटकहरुलाई आकर्षित गर्नलाई विभिन्न कार्यक्रम ल्याइन्छ तर कतिपय यस्ता देश पनि छन् जहाँ पर्यटक धेरै भएर ‘टुरिस्ट, गो होम’(पर्यटक, घर जाऊ) भन्दै  नारा समेत लगाउने गरिएको छ । 

स्पेनको बार्सिलोनाका बासिन्दाले पनि यसैगरी ‘टुरिस्ट, गो होम’ भन्ने नारा लगाएको पाइएको छ । त्यहाँका सिटी रेस्टुरेन्टमा पर्यटकलाई हान्दै गरिएको वाटर पेस्तोलको भिडियो हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

त्यो वास्तवमै भएको थियो ।  यसको मतलब पर्यटकलाई नोक्सान पुर्याउने उद्देश्य थिएन, तर उनीहरु एउटा सन्देश दिन चाहिरहेका थिए, ‘टुरिस्ट गो होम ।’

KFC Island Ad
NIC Asia

यो पछिल्लो पटकको घटना हो जहाँ ‘मास टुरिजम’को विरुद्धमा प्रदर्शन नै भएको थियो । जसले सन् २०२३मा ८५ मिलियन (८ करोड ५० लाख) पर्यटक भित्र्याएको थियो ।

बार्सिलोनाले सुन्दर समुद्री तट र विश्व विख्यात बार्सिलोना फुटबल क्लबका कारण दशौं लाख पर्यटकलाई वर्षेनी आकर्षित गर्दै आएको छ । 

Royal Enfield Island Ad

तर, पर्यटकहरुको अत्यधिक आगमनले त्यहाँको हाउजिङ सेक्टर निकै प्रभावित भएको छ । 

भाडा निकै चर्को हुँदा सहरका बासिन्दालाई त्यो धान्न मुस्किल भइरहेको छ । बार्सीलोनामा पयर्टक विरोधी प्रदर्शन हुनुका थप कारण यस्ता छन् ः
के भयो ?

करिब २८०० पर्यटक विरोधी प्रदर्शनकारी जुलाई ६ का दिन बार्सिलोनाको प्रदर्शनमा भाग लिएको प्रहरीले जनाएको छ । सो कार्यक्रममा बनाइएको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिएका छन् । 

जसमा लेखिएको छ, ‘टुरिस्ट गो होम’(पर्यटक, घर जाऊ),‘बार्सीलोना इज नट फर सेल’(बार्सिलोना बिक्रीमा छैन) ।  

उनीहरुले रंगीन प्लास्टिकका वाटर पेस्तोल समेत प्रयोग गरेका थिए । यसबाहेक प्रदर्शनकारीले उत्तरपूर्वी तटिय क्षेत्रका होटल र रेस्टुरेन्टमा रातो टेप लगाएर घेराउ पनि गरेका थिए ।

किन पर्यटक विरुद्ध प्रदर्शन ?

उकालो लागेको हाउजिङ मूल्य प्रदर्शनकारीको मुख्य चासोको विषय पाइएको छ ।  प्रोपर्टी वेवसाइट आइडियालिस्टाका अनुसार बार्सिलोनाको भाडादर गएको एक वर्षमा १८ प्रतिशतले बढेको छ । 

गएको एक दशकमा भाडा ६८ प्रतिशतले बढेको छ र घरको खरिद मूल्य ३८ प्रतिशतले बढेको छ । 

सो सहर स्थानीयको लागि अनुपलब्ध जस्तै भएको छ । अपार्टमेन्टहरु पर्यटकका लागि, ती पनि अनलाइन रेन्टल साइट्सबाट चल्ने भएकोले स्थानीय हाउजिङ मार्केट तनावग्रस्त  छ । 

यसलाई कम गर्न बार्सिलोनाका सोसलिस्ट मेयर जाउम कोलबोनीले गएको जुन २१ मा घोषणा गरेका छन्, ‘सन् २०२८ सम्ममा १० हजार टुरिस्ट अपार्टमेन्ट रेन्टलमा रोक लगाइनेछ ।’

बार्सिलोनाका मेयरले चालेको यो कदम पहिलोपटक भने   होइन । सन् २०१७मा पूर्वमेयर अदा कोलाउले पनि पर्यटक विरोधी नीति अघि सारेका थिए ।
प्रदर्शनकारीहरुले पर्यटनमा आधारित अर्थतन्त्रको पनि विरोध गरेका छन् । 

उनीहरुको तर्क अनुसार यसले उनीहरुलाई झन गरिब बनाउँदै लगेको  छ र यसले पर्यटकमा निर्भर गराएको छ । 

पर्यटन स्पेनमा समस्या बनेको यसपालि पहिलो पटक भने होइन । गएको अप्रिल महिनामा ५७ हजार प्रदर्शनकारीले क्यानरी आइल्यान्डमा पर्यटकका विरुद्धमा प्रदर्शन गरेका थिए । 

जुन क्षेत्र बार्सिलोनाबाट करिब २२०० किमी दक्षिण पश्चिममा पर्दछ ।

स्पेनको पाल्मा दि मल्लोर्का र मलागामा  यस अघि पनि गएको मे र जुनमा पर्यटक विरोधी प्रदर्शन गरिएको थियो ।

प्रदर्शन गर्ने को हुन् ? 

प्रदर्शन आयोजना गर्न स्थानीय १८० वटा संगठन अघि आएका थिए । तिनीहरुको नेतृत्व द नेइबरहुड एसेम्बली फर टुरिजम डिग्रोथले गरेको थियो ।

सो प्रदर्शन ग्रासरुट तहमा वर्षौंसम्मको तयारी पछि गरिएको थियो । धेरैभन्दा धेरै संस्थाको सहभागिताका लागि यसरी तयारी गरिएको उनीहरुको तर्फबाट जारी गरिएको वक्तव्यमा जनाइएको छ ।

ती संस्थाहरुले बार्सिलोनाका अध्किारीसँग प्रदर्शनपछि कुरा नभएको र आफूहरु उनीहरुको जवाफको पर्खाईमा रहेको जनाएका छन् ।

प्रदर्शनकारीको माग के हो ?

आन्दोलनकारीहरुको वेवसाइटमा १३ वटा प्रस्तावहरु अघि सारिएका छन् । 

विमानस्थलमा पूर्वाधार विस्तारको योजना फिर्ता लिन र बन्दरगाहमा क्रुज टर्मिनल घटाउन । गैरकानुनी पर्यटक अपार्टमेन्ट र लाइसेन्स अन्त्य गर्न ।

सहरमा आवास घटाउन, सार्वजनिक स्थल घटाउन र ठूला इभेन्टहरु सीमित गर्न । स्थानीय स्तरमा व्यापार संरक्षण गर्न, पर्यटन क्षेत्रका कामदारको काम र तलबमा सुधार गर्न तथा  पर्यटनलाई पब्लिक फन्डिङ नगर्न भनिएको छ । 

पर्यटन क्षेत्रलाई सार्वजनिक सेवामा त्यसबाट भएको शोषण वापत रकम तिर्नुपर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।

अन्य कुन मुलुकमा पर्यटक निरुत्साहित गरिन्छन् ?

फ्रान्सको पेरिस

सन् २०२४को पेरिस ओलम्पिकअघि जुन यही जुलाई अन्तिममा सुरु हुँदैछ । सो कार्यक्रममा पर्यटक नआउन आग्रह गर्दै स्थानीय बासिन्दाले ‘डन्ट कम टु पेरिस’ भन्ने स्लोगन सामाजिक सन्जालमा हालेको पाइएको छ । 

त्यसो गर्नुको कारण होटलको मूल्य बढ्ने, पर्यटक स्क्याम हुने, पाकेटमारी हुने र पेरिस मेट्रो रेलको भाडा त्यसबेला झण्डै दोब्बर हुने उनीहरुको चिन्ता पाइएको छ ।

ग्रीसको अथेन्स 

मे २०२४मा ग्रीसको राजधानी अथेन्स अन्य युरोपेली देशका मानिस पनि ज्यादा पर्यटकको विरुद्धमा देखिएका थिए । उनीहरुको चिन्ता ग्रीसको राजधानी भरी ‘नो टुरिस्ट, नो हिमस्टसर्’को भित्ते स्लोगन फैलिने कुरामा थियो ।

जापानको क्योटो 

गएको डिसेम्बरमा जापानको क्योटो सहर अन्तर्गतको  गिओनका मानिसले स्थानीय काउन्सिललाई निवेदन लेखेर पर्यटक विरुद्ध कदम चाल्न आग्रह गरेका थिए ।  

यसले गर्दा गिओनको गिसा जिल्लामा पर्यटकलाई भित्रिन नदिन क्योटोका अधिकारीहरुले रोक लगाएका थिए । (अलजजिरा)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro