site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जेठमा महँगी घट्यो
SkywellSkywell

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.१७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत  थियो ।

जेठमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी २.९४ प्रतिशत कायम भएको छ ।

Dabur Nepal
NIC Asia

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक सबैभन्दा बढी देखिएको छ । यो समूहको सूचकांक १६.०२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu