site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मर्यादाक्रम अनुसार कर्मचारीको तलब तोक्न सर्वोच्चले जारी गरेको परमादेशमा के छ ?
SkywellSkywell

काठमाडौं । सर्वोच्च अदालतले सरकारी सेवामा रहेका कर्मचारीको तलब मर्यादाक्रमका आधारमा निर्धारण गर्न सरकारका नाममा जारी गरेको परमादेशको लिखित सार्वजनिक भएको छ ।

सहायक न्यायाधीवक्ता भरतकुमार मैनालीसहित ३४ जनाले ०८१ पुस २६ गते सरकारी सेवाभित्र समान मर्यादाक्रममा रहेका कर्मचारीमा असमान तलबमान निर्धारण गरिएको भन्दै सरकारविरुद्ध रिट निवदेन दायर गरेका थिए ।

KFC Island Ad
NIC Asia

यही असार १० गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी निर्धारण गर्न भनेको थियो ।

असार १० गते आदेशको लिखितरूप सार्वजनिक भएको थिएन । आज सर्वोच्च अदालतको वेबसाइटमा प्रकाशित आदेशमा भनिएको छ, "...निवेदकहरूसमेतका कर्मचारीलाई मर्यादाक्रमानुसारको आधारभूत तलबमान कायम नहुँदा नेपालको संविधान, नेपाल पक्ष बनेका अन्तराष्ट्रिय कानूनी दस्तावेजहरूको प्रावधान, सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्तहरू समेतको विपरीत हुन गई निजहरूको समानताको हक समेतमा गम्भीर आघात पर्ने देखिएकाले निजामती कर्मचारीहरूको वैध अपेक्षा र मनोबललाई ध्यानमा राखी निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारी सरह हुने गरी अबिलम्ब सुरु तलबमान समायोजन/निर्धारण गर्नू गराउनू ।"

Royal Enfield Island Ad

हेर्नुहोस् लिखित रूप‍

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro