site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक वर्षमा वैदेशिक रोजगारीमा ठगीसम्बन्धी सात हजार ६४३ उजुरी
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा ठगीसम्बन्धी सात हजार ६४३ वटा उजुरी परेका छन् । 

चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म (२०८० साउनदेखि २०८१ असार २३ गतेसम्म) उक्त संख्यामा उजुरी वैदेशिक रोजगार विभागमा परेको हो । 

विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार उजुरी  परेकामध्ये तीन हजार ७६६ वटाको फछर्यौट गरिएको छ । ती मुद्दा फछर्यौट हुँदा पीडितहरूलाई ३१ करोड ७३ लाख ८० हजार ८६० रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको उनले जनाए ।

वैदेशिक रोजगारीका नाममा पछिल्ला वर्षहरूमा नेपालीहरू ठगिने क्रम बढिरहेको छ । युरोपेली राष्ट्र, अमेरिका, क्यानडा, खाडी राष्ट्रमा लागि आकर्षक रोजगारीमा लगाइदिने भन्दै एजेन्टहरूले सर्वसाधारणसँग मोटो रकम उठाउने गरेका छन् । 

यसरी पैसा बुझाउनेहरू आफू ठगिएको थाहा पाएपछि वैदेशिक रोजगार विभागमा गई उजुरी दिने गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro