site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
रि–रिलिजमा चल्दैनन् चलचित्र, तर रोकिएको छैन पुनः प्रदर्शन
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलाकी’ यही साउन ३२ गते प्रदशर्नमा आउँदै छ । गत वैशाख १ गते रिलिज भएको यो चलचित्र पुनः प्रदर्शन (रि–रिलिज)मा आउन लागेको हो ।  

डिजिटल युग सुरु भएसँगै नेपालमा प्राय रि–रिलिज भएका चलचित्र चलेको विगत छैन । रि–रिलिज भए पनि बक्सअफिसमा यस्ता चलचित्र कमजोर सावित हुँदै आएका छन् । तर, पनि रि–रिलिजको क्रम भने रोकिएको छैन । 

यसअघि ‘बुलाकी’सँगै रिलिज भएको चलचित्र ‘बिहेपास’ पनि रि–रिलिज भएको थियो । तर, उक्त चलचित्रले पनि रि–रिलिजमा दर्शक तान्न सकेन । दयाहाङ राई मुख्य भूमिकामा रहे पनि उक्त चलचित्र हेर्न दोस्रोपटक पनि हलमा दर्शक पुगेनन् । यो चलचित्र गत वर्षको असार २९ गते पुनः प्रदर्शनमा आएको थियो ।

Dabur Nepal
NIC Asia

पहिलो चरणको प्रदर्शनमा लगानी उठाउन नसकेपछि निर्माताहरूले पुनः प्रदर्शन गर्दै आएका छन् । तर, दोस्रो चरणको प्रदर्शनमा उल्लेख्य कमाइ गरेको विगत छैन । 

‘बुलाकी’ र ‘बिहेपास’ एकै दिन प्रदशर्नमा आएका थिए । यी दुईसँगै एकै दिन अर्को चलचित्र ‘जारी’ पनि प्रदर्शनमा आएको थियो । ‘जारी’ वर्षकै सबैभन्दा धेरै कमाउने चलचित्र बन्दा बाँकी दुई चलचित्रको व्यापार खुम्चिएको थियो । 

त्यसैले अन्य ठूला ब्यानरमा सिनेमा रिलिज नहुँदा चल्छन् कि भनेर बिहेपास’ र ‘बुलाकी’ले पुनः प्रदर्शनको जमर्को गरेका हुन् । ‘बिहेपास’को प्रयास असफल भइसकेको छ । ‘बुलाकी’ले यसमा आफूलाई परीक्षण गर्नै बाँकी छ । 

यसअघि २०७८ फागुन १ गते ‘चपली हाइट–३’ पनि दोस्रोपटक प्रदर्शन भएको थियो । तर, दोस्रो प्रयासमा पनि यसले राम्रो बक्सअफिस कलेक्सन गर्न सकेको थिएन । 

०७८ फागुन १ गते नै अर्को चलचित्र ‘कठपुतली’ पनि रि–रिलिजमा आएको थियो । तर, यो पनि बक्सअफिसमा कमजोर सावित भएको थियो । यी दुवै (चपली हाइट–३ र कठपुतली) कोभिड संक्रमणको त्रासका कारण प्रदर्शन भइरहेका बेला हल बन्द भएपछि पुनः प्रदर्शनमा आएका चलचित्र थिए । 

अहिलेको हिट सिरिज ‘छक्का पञ्जा’को दोस्रो सिरिज ‘छक्का पञ्जा–२’ पनि पुनः प्रदर्शन भएको चलचित्र हो । यो चलचित्र वि. स. २०७६ वैशाख १३ गते पुनः प्रदर्शनमा आएको थियो । यो चलचित्रले पनि दोस्रो रिलिजमा बक्सअफिसमा उल्लेख्य कमाइ गर्न सकेन । 

२०७२ को भूकम्पले चलचित्र ‘रेशम फिलिली’को प्रदर्शन रोकिएपछि यसको पनि पछि पुनः प्रदर्शन भएको थियो । तर, यसले पनि दर्शक तान्न सकेन । 

यही असार ७ गते चलचित्र ‘आचार्य’ रिलिज भयो । १३ वर्ष अगाडि नै रिलिज भएको चलचित्रको पुनः प्रदर्शन भए पनि यसले न राम्रो शो नै पाउन सक्यो न पाएको शोमा व्यापार नै गर्न सक्यो । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौंमा जम्मा एक शो र उपत्यका बाहिर पनि एक शो दिएको थियो । अन्य मल्टिप्लेक्सले पनि एक/एक शो दिएका थिए । तर, पाएका शो पनि दर्शक नपाउँदा क्यान्सिल हुने अवस्था थियो ।   

चलचित्र वितरक तथा निर्देशक/कलाकार अशोक शर्मा रि–रिलिजको भ्यालु सकिएको बताउँछन् । “रि–रिलिजको भ्यालु सकिसकेको छ । अहिले रि–रिलिजको भ्यालु ओटीटी, डिशहोम र युट्युबमा छ,” अशोक भन्छन्, “एकपटक हलमा लागिसकेको चलचित्र पुनः हलमा गएर हेर्ने कल्चर सकिइसकेको छ ।” 

डिजिटल प्रविधिको प्रयोग बढेसँगै पुनः प्रदर्शन गरेर चलचित्र चलाउने सम्भावना पनि सकिएको हो । २०६० को दशकसम्म पनि थोरै सिनेमा बन्ने, मनोरञ्जनको विकल्प धेरै नहुने र सिनेमा हलमा देखाउन धेरै प्रिन्ट नहुने गरेका कारण रि–रिलिजमा पनि चलचित्र चल्ने गरेको उनी स्मरण गर्छन् । 

“अहिले हरेक हप्ता दुई/तीनवटा नयाँ सिनेमा रिलिज हुन्छन् । नयाँ सिनेमाको रिलिज भइसकेपछि पुरानो किन हेर्ने भन्ने हुनेरहेछ,” अशोक भन्छन्, “दीपक–दीपाको ब्लकबस्टर सिनेमा छक्का पञ्जा–२ रिलिज भएको थियो । त्यस्तो सिनेमा पनि नचलेपछि नेपालमा रि–रिलिजमा सिनेमा हेर्ने कल्चर रहेनछ भन्ने पुष्टि भयो ।” दीपकले रि–रिलिजमा सिनेमा चल्ने रहेछन् कि होइन भनेर परीक्षण गरेको अशोक सुनाउँछन् ।  

बल्कबस्टर भएको सिनेमा ‘छक्का पञ्जा–२’ रि–रिलिजमा दर्शक नआएर शो क्यान्सिल गर्नुपरेको उनी सुनाउँछन् । वर्ल्डवाइड रिलिज हुँदा नै हेर्नेजति दर्शक धेरैले हेरिसकेको हुने उनको भनाइ छ । नहेरेका दर्शक नयाँ सिनेमा हेर्न जाने गरेको भन्दै उनी अगाडि थप्छन््, “सबैलाई नयाँ सिनेमा नै हेरौँ भन्ने हुनेरहेछ । यसको कारण नयाँ सिनेमोको फ्लो बढ्नु पनि हो ।” 

हल रिलिज भइसकेको चलचित्र केही समयपछि ओटीटी, डिशहोम अथवा युट्युबमा आउँछ, त्यतै हेरौँला भनेर दर्शकले पर्खिने गरेको उनको भनाइ छ । त्यसैले पहिलोपटक रिलिज हुँदा जति कमायो त्यसपछि पुनः रिलिज गरेर कमाउँछु भनेर नसोचे पनि हुने अवस्था सिर्जना भइसकेको उनको भनाइ छ ।   

निर्माता अर्जुनकुमार पनि नेपालमा रि–रिलिजमा चलचित्र खासै नचल्ने बताउँछन् । उनी आफ्नै चलचित्र ‘चपली हाइट–३’को उदाहरण दिँदै रि–रिलिजमा दर्शकमा उत्साह नै नदेखिने बताउँछन् । 

“नेपालमा रि–रिलिजमा चलचित्र हेर्न दर्शकमा खासै उत्साह देखिँदैन । विश्वले प्रतिक्षा गर्ने ठूला चलचित्र मात्रै रि–रिलिजमा हेरिने हो,” अर्जुनकुमार भन्छन्, “दोस्रोपटक प्रदर्शनमा आएका चलचित्रले राम्रो कलेक्सन गरेको इतिहास नेपालमा छैन ।” 

रि–रिलिज गरिने चलचित्र ‘एभेन्जर्स’, ‘अवतार’, ‘टाइटानिक’ जस्ता हुनुपर्ने अन्यथा दर्शकमा चलचित्रलाई लिएर हेर्ने उत्साह नहुने उनको भनाइ छ । 

“सबै चलचित्र टाइटानिक, अवतार, एभेन्जर्सजस्ता हुँदैनन्,” अर्जुनकुमार भन्छन्, “विश्वभरका दर्शकले हेर्न खोज्ने चलचित्रको मात्रै रि–रिलिज सफल भएको देखिन्छ ।”

नेपाली चलचित्र एकपटक रिलिज भएपछि त्यसको चार्म नै सकिने र दोस्रोपटकका लागि नहेरिने उनको भनाइ छ । “एकपटक फाइल खोलेपछि यसको चार्म सकिन्छ । यो हाम्रो इतिहासले पनि देखाएको छ । मेरो आफ्नै अनुभवले पनि यही भन्छ,” उनी भन्छन्, “फ्रिजमा राखेपछि बिग्रिदैन, पछि मन लागेका बेला प्रयोग गर्छु भनेजस्तो होइन सिनेमाको प्रदर्शन र ब्यापार ।” 

प्राय हलिउडका ठूला सिनेमाको सिक्वेल धेरै वर्षपछि आउँदा दर्शकमा अघिल्लो सिक्वेलको कथा ताजा गराउन प्रि–रिलिज गर्ने चलन छ । तर, नेपालमा बक्सअफिस कलेक्सनकै अपेक्षा राखेर रि–रिलिज गर्ने प्रचलन छ, जुन सफल हुन सकेको छैन ।   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu