site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणाका लागि भरतपुर महानगर र हिमालयन कालिञ्चोक बीबीआरबीच सम्झौता  
SkywellSkywell

काठमाडौं । चितवनमा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णका निम्ति भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरेको छ ।

महानगरले सोमबार ३२ महिनाभित्र रंगशालाको पहिलो चरणको निमार्णका लागि कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता भएको उपनिर्देशक जगन्नाथ अर्यालले बताए । 

सम्झौतामा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र कालिञ्चोक बीबीआर जेभीका तर्फबाट विकास गौतमले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार रंगशालाको पहिलो चरणको काम २०८३ पुस २२ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । 

KFC Island Ad
NIC Asia

chitawan-rangashala-1720425299.JPG
 

उपनिर्देशक अर्यालका अनुसार महानगरपालिकाले कम्पनीसँग भ्याट र पीएसबाहेक ६८ करोड रुपैयाँमा सम्झौता गरेको हो । 

रंगशालाको पहिलो चरणमा १० हजार दर्शक क्षमताको स्टयान्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर बिल्डिङ र पाँच वटा पिच निर्माण हुनेछ ।

“रंगशालाको आधारभूत निर्माणका लागि सोमबार सम्झौता भएको छ । जसमा कम्पनीले ड्रिनएजसहितको प्रविधिबाट मैदान र पीच निमार्ण र प्यारापिटका कामहरु गर्नुपर्ने छ,” अर्यालले बाह्रखरीसँग भने ।

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले अभियान सञ्चालन गरेर रंगशाला निमार्ण सुरु गरे पनि बजेट अभावका कारण २०७७ साउनदेखि मैदानको काम ठप्प बनेको थियो । बजेट अभाव बनेपछि फाउन्डेसनले रंगशालाको स्वामित्व ग्रहण गर्न सरकारलाई आग्रह गरेको थियो । यसपछि २०७९ चैतमा मन्त्रिपरिषद्को बैठकले मैदान सरकारले बनाउने निर्णय गरेको थियो ।

फाउन्डेसनले काम ठप्प हुनुअघि मैदानको निर्माणका ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसक्रममा ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार सोमध्ये नगद र जिन्सी गरी ३९ करोड ८० लाख रुपैयाँ उठेको थियो । 

सरकारले २०८० कात्तिक २३ गते काठमाडौंस्थित तल्लो मुलपानी रंगशाला र मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालासँगै चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवको आयोजनामा समेटेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro