site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन

काठमाडौं । लुम्बिनी लायन्सले पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त गरेको छ । लुम्बिनी लायन्सका मालिक ईश्वर जिसी र शक्ति गौचनले शनिबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षका निम्ति गरिएको हो ।

भैरहवाका शक्तिलाई सुरुआतदेखि नै लुम्बिनीले आफ्नो टिममा अनुबन्ध गर्न खोजेको टिमले जनाएको छ ।

Dabur Nepal
NIC Asia

लुम्बिनीसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको भन्दै शक्तिले नेपाल प्रिमियर लिगजस्तो मेगा इभेन्ट गरेकामा नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिए । अब हुने ‘अक्सन’ चुनौतीपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको सफलतामा शक्ति गौचनको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन् । लुम्बिनीको स्वामित्व फर्चुन हेल्थ केयर प्रालिसँग छ । क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro