site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निमावि शिक्षणका निम्ति लाइसेन्स लिनेको संख्या प्रावि र माविको भन्दा दोब्बर 

काठमाडौं । नेपालमा निम्न माध्यमिक तहको शिक्षक/शिक्षिकाका निम्ति अध्यापन अनुमति पत्र (लाइसेन्स) लिनेको संख्या सबैभन्दा धेरै देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार निमावि लाइसेन्स लिएकाको संख्या २०८० को अन्त्यसम्म चार लाख १६ हजार १७६ छ । 

यो संख्या प्राथमिक र माध्यमिक तहकोभन्दा झन्डै दोब्बरले बढी हो । सो अवधिसम्म प्राथमिक तहमा लाइसेन्स लिने दुई लाख दुई हजार ७३९ जना छन् । 

यस्तै, माध्यमिक तहमा एक लाख ९२ हजार ७१३ जनाले लाइसेन्स लिएका छन् । तीनवटै तहमा गरी हालसम्म आठ लाख ११ हजार ६२८ जनाले अध्यापन अनुमतिपत्र लिएको तथ्यांकमा उल्लेख छ । 

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट भने आर्थिक वर्ष २०६१/०६२ यता ०७९/०८० सम्म ८१ हजार १९० शिक्षक मात्रै पदपूर्ति गरिएको छ । त्यसमध्ये सबैभन्दा धेरै प्राथमिकमा ५५ हजार ५८९ शिक्षक छन् । निमाविमा १४ हजार ७८३ र माविमा १० हजार ८१८ शिक्षक रहेको मन्त्रालयको तथ्यांक छ । 

देशभरका सामुदायिक विद्यालयमा २०८० अन्तिमसम्म ९७ हजार १३१ स्थायी, १३ हजार ९६९ अस्थायी र ४२ हजार १६५ राहतका गरी जम्मा शिक्षक संख्या एक लाख ५३ हजार २७५ छ । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro