site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेक्युर्ड सेक्युरिटिजले सञ्चालनमा ल्यायो आफ्नै टीएमएस

काठमाडौं । सेक्युर्ड सेक्युरिटिजले आजबाट आफ्नै ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याएको छ । आफ्नै टीएमएस सञ्चालन गर्न स्वीकृति पाएका नासा सेक्युरिटिज र साउथ एसियन बुल्सले पनि केही समयमा सञ्चालनमा ल्याउने बताइएको छ ।

सेक्युर्ड, नासा र साउन एसियन बुल्सलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नै टीएमएस सञ्चालन गर्न अनुमति दिएको थियो ।

३३ वटा ब्रोकरले नेप्सेसँग आफ्नै टीएमएस सञ्चालनमा ल्याउन लबिङ गर्दै आएका छन् ।  

अनलाइनमार्फत सेयर कारोबार गर्न सुरू भएदेखि नै ब्रोकरहरूले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने र ग्राहकलाई आफूले भने जस्ता फिचरको सुविधा दिन भन्दै आएका थिए ।

सेक्युर्ड सेक्युरिटिजसहित नासा र साउथ एसियन बुल्सले भने चालु आर्थिक वर्ष २०८१/०८२ देखि आफ्नै टीएमएसमार्फत सेवा दिन पूर्वाधार तयार पारेर नेप्सेबाट अनुमति पाएका हुन् । नेप्सेले पनि प्रारम्भिक अध्ययन गरेर अवस्था हेरी आफ्नै टिएमएसमार्फत सेवा दिन स्वीकृति दिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro