site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर सञ्चालनमा आयो ‘लुगा घर’

काठमाडौं । इमाडोलमा नेपाली उत्पादनमा प्रवर्द्धन गर्ने उदेश्यले ‘लुगा घर’ सञ्चालनमा आएको छ । लामो समयदेखि गार्मेन्टम व्यवसाय गर्दै आएका कृष्णराज तिमल्सिनाले ललितपुरको महालक्ष्मी  नगरपालिका–१ इमाडोलमा लुगा घर सञ्चालनमा ल्याएका हुन् ।

लुगा घरको शनिबार महालक्ष्मी  नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले उद्घान गरेका हुन् । थ्रेड गार्मेन्टका सञ्चालक समेत रहेका तिमल्सिनाले लुगा घरमा महिला र पुरूषदेखि बच्चासम्मका लागि स्वदेशी ब्रान्डका कपडाहरू पाइने तिमल्सिनाले बताए ।

इमाडोलबाट सुरु गरिएको लुगा घर देशभर विस्तार समेत गरिने तिमल्सिनाको भनाइ छ ।

“मेरो उदेश्य भनेकै नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने हो । यसले नेपालमै रोजगारीको अवस्था मात्रै सृजना गर्दैन नेपाली रकम बाहिरिने अवस्था समेत रोकिन्छ । अर्को कुरा नेपालमै पनि क्वालिटी अनुसारको कपडा उत्पादन गर्न सकिन्छ भन्ने देखाउनु हो,” तिमल्सिनाले भने । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्