देश
काठमाडौं । पश्चिम नेपालका केही नदी तथा खोलामा आज बाढीको उच्च जोखिम रहेको छ । भारी र अति भारी वर्षाका कारण बाढीको उच्च जोखिम रहेको हो ।
कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भएर बग्ने अधिकांश स–साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।
केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान रहेकाले अति उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेको छ । उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार २४, २०८१ १०:३०
प्रतिक्रिया दिनुहोस्