site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेपालको सीमामा ‘मित्र वन’ बनाउने योगी आदित्यनाथको घोषणा, ३५ करोड बिरुवा रोपिने

लखनऊ । भारतको उत्तर प्रदेश सरकारले नेपालसँगको सीमाक्षेत्रमा ‘मित्र वन’ बनाउने घोषणा गरेको छ । योगी आदित्यनाथको सरकारले आफ्नो वृक्षरोपण जनअभियान २०२४ अन्तर्गत उक्त वनको घोषणा गरेको हो ।

मित्र वन बनाउन ३५ क्षेत्र छुट्ट्याइएको जनाइएको छ । मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनानुसार वन विभागका कर्मचारी उक्त अभियानका निम्ति सक्रिय भएर लागेका छन् ।

Dabur Nepal
NIC Asia

अभियानअन्तर्गत ३५ करोड बिरुवा रोपिनेछ । अभियान यही जुलाई २० देखि सुरु हुनेछ । नेपालसँग सीमा जोडिएका सबै जिल्लामा यसको तयारी भइरहेको जनाइएको छ ।

मुख्य रूपमा महाराजगन्जका सुनौली, लखिमपुर खेरी, श्राबस्ती, बहराइच, पिलभीतलगायत सीमावर्ती क्षेत्रमा वृक्षरोपण गरिनेछ । त्यसक्रममा सीमाक्षेत्रका नेपालका प्रतिनिधिसँग समेत संयुक्त रूपमा काम गरिने जनाइएको छ ।

योगी आदित्यनाथले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘एक पेड मा के नाम’ अभियानलाई साथ दिन यो अभियान ल्याएका बताइएको छ । टाइम्स अफ इन्डियाबाट

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro