site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइयो
प्रतीकात्मक तस्बिर ।

खोटाङ । अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न ठाउँमा बिहीबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि शनिबार सडक खुलाइएको हो ।

हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“अवरुद्ध सडक खुलाउन दिनरात नभनी दुईवटा डोजर प्रयोग गरेका थियौँ । तीन दिन लगाएर पहिरो पन्छाइएपछि रोकिएका सबै गाडी पार गराइएको छ,” उनले भने, “पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र पर्नुभएको थियो । पहिरो पन्छाएर सडक खोलेसँगै अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।”

राजधानी काठमाडौं तथा तराईका विभिन्न जिल्लाबाट खोटाङ आएका सानाठूला सवारीसाधन सडक अवरुद्ध भएपछि जयरामघाट, डौँठेखेला र दिक्तेल–भोजपुरतिरबाट छुटेका गाडी हलेसी, च्यास्मिटारलगायत ठाउँमा रोकिएका थिए । पहिरोले सडक अवरुद्ध भएर बीचसडकमा गाडी रोकिएपछि त्यसमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए ।

दिक्तेल–हलेसी–जयरामघाट हुँदै राजधानी काठमाडौं तथा तराईका जिल्ला जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएपछि विकल्पका रूपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडकलाई निर्बाध सञ्चालन गर्ने प्रयास गरिएको छ । त्यसका निम्ति प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य रामकुमार राई नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मतकार्य सुरु गरिएको छ ।

मध्यपहाडी लोकमार्गबाहेक जिल्लाका सबै स्थानीय तहसँग जोडिएका अरू विभिन्न ग्रामीण सडक अझै अवरुद्ध छ । जिल्लाका १० वटै स्थानीय तहले अवरुद्ध सडक मर्मत सुरु गरे पनि अझै सम्भव भएको छैन ।

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा ल्याउन १५ दिनअघि पहल थालिए पनि अविरल वर्षाका कारण सम्भव नभएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । दसँैतिहारअघि सबै ग्रामीण सडक सञ्चालनमा ल्याउन सम्बन्धित स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति समेतले आग्रह गरेको थियो ।

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा ल्याउन नसक्दा दसैँतिहार मान्न विभिन्न सहरबाट घर फर्किएका स्थानीय बासिन्दा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro