site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाउन्ने सडकमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
फाइल तस्बिर ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइए पनि ट्रकलगायत ठूला मालवाहक  सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

शुक्रबार राति बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने जंगलको खुर्सानीखोलानजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको थिएन । सडक मर्मतपश्चात् शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

हाल यात्रुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए । उनले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिपरजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाइएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुयालले दाउन्ने सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा नरहेको र मर्मत कार्य भइरहेको जानकारी दिए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro