site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६० बढी स्टार्टअपले पाए दुई करोड बढी कर्जा

काठमाडौं । सरकारले स्टार्टअप कम्पनीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ फर्म तथा कम्पनीलाई कर्जाका निम्ति सिफारिस गरेको थियो । ती कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा उपलब्ध भइरहेको छ ।

प्रतिष्ठानले गएको जेठ २९ गते सिफारिसमा परेका स्टार्टअपलाई वाणिज्य बैंकको नजिकका शाखामा सम्पर्क गर्न भनेको थियो । तीमध्ये हालसम्म ६० भन्दा बढी स्टार्टअपले पहिलो किस्तामा दुई करोड रुपैयाँभन्दा बढी कर्जा पाइसकेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार, आवश्यक प्रक्रिया पूरा गरेर सबै स्टार्टअपले कर्जा पाउनेछन् ।

पाँच लाख रुपैयाँसम्मको कर्जा एक किस्तामा, १५ लाखसम्मको दुई र २५ लाखसम्मको कर्जा तीन किस्तामा उपलब्ध गराइनेछ ।

तीन प्रतिशत ब्याजदरमा पाइने यो कर्जा दुई वर्षभित्र तिर्न सुरु गरिसक्नुपर्नेछ । पाँच वर्षभित्र सबै कर्जा भुक्तानी गर्नुपर्नेछ ।

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रुपैयाँ छुट्ट्याएको थियो । त्यसको करिब २५ प्रतिशत कर्जा सुरक्षण कोषमा राखिएको छ । बाँकी १९ करोड ४० लाख रुपैयाँ कम्पनीहरूले ऋण पाउनेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro