site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पानामाविरुद्ध सहज जितसहित कोलम्बिया सेमिफाइनलमा, उरुग्वेसँग खेल्ने 

काठमाडौं । क्वार्टरफाइनलमा पानामाविरुद्ध ५–० को जित निकाल्दै कोलम्बिया कोपा अमेरिका–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान अमेरिकास्थित फोनेक्स विश्वविद्यालयको रंगशालामा भएको खेलमा कोलम्बियालाई जित दिलाउन जोन कोर्डोबा, जेम्स रोड्रिगेज, लुइज डियाज, रिकार्डो रियोस र मिगेल बोर्जाले गोल गरे । 

Dabur Nepal
NIC Asia

खेलको आठौँ मिनेटमा कोर्डोबाको गोलमा कोलम्बियाले अग्रता बनाएको थियो । १५औँ मिनेटमा रोड्रिगेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए । ४१औँ मिनेटमा डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । ७०औँ रियोसले कोलम्बियाका लागि चौथो गोल गरे ।

यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई बोर्जाले सदुपयोग गरेपछि कोलम्बियाले सहज जितसहित प्रतियोगिताको सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । 

कोलम्बिया प्रतियोगिताको पछिल्लो चार संस्करणमध्ये तेस्रोपटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोलम्बिया गत संस्करणमा तेस्रो भएको थियो । कोलम्बियाले हालसम्म एकपटक मात्र कोपा अमेरिकाको उपाधि जितेको छ । 

प्रतियोगिताको फाइनल प्रवेशका लागि अब कोलम्बियाले प्रतियोगिताकै सबैभन्दा सफल टिम उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको खेल जुलाई ११ मा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro