विदेश
किभिभ । रुसले युक्रेनको उर्जा केन्द्रमा आक्रमण गरेको छ । जसका कारण उत्तर पश्चिम सुमी क्षेत्रका एक लाख बासिन्दा विद्युतविहीन बनेका छन् ।
नेसनल ग्रिड अपरेटर युक्रेनिर्गोले विद्युत् पुनस्र्थापनाको पहल भइरहेको जनाएका छन् । सो क्षेत्र रुसको सीमामा पर्दछ । सो आक्रमणमा उर्जामा क्षतिबाहेक मानिस हताहत भएको खबर नपाइएको जनाइएको छ ।
रुसले लामो समयदेखि उर्जालाई लक्षित गर्दै युक्रेनमा आक्रमण गर्दै आइरहेको जनाइएको छ । गएको तीन महिनामा मात्रै रसियाले युक्रेनको ९ गिगावाट क्षमताको विद्युत् उत्पादन केन्द्रमा क्षति गराएको जनाइएको छ । बीबीसी
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ ०८:५५
प्रतिक्रिया दिनुहोस्