खेल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ ।
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो । तर, क्यानको यो निर्णयप्रति केन्द्रीय समितिका केही सदस्यहरूले मनोनीत सदस्यलाई प्रवक्ता बनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ १७:०९
प्रतिक्रिया दिनुहोस्