site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणी नदीमा फसेका दुईजनाको सकुशल उद्धार

काठमाडौं । नारायणी नदीमा फसेका दुईजनाको प्रहरीले सकुशल उद्धार गरेको छ । 

शनिबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६, बुटवल बजारस्थित नारायणी नदीको भंगालमा फसेकाको सशस्त्र प्रहरीको गोताखोरले उद्धार गरेको हो । 

नदीको भंगालमा माछा मार्ने क्रममा फसेका उनीहरूको करिब पाँच घण्टापछि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उद्धार गरिएकाहरूमा गैडाकोट नगरपालिका–५ का ५० वर्षीय ओमबहादुर गुरुङ र ४२ वर्षीय खुमबहादुर गुरुङ छन् । बाढीमा फसेका ३५ वर्षीय रमेश बोट भने  पौडिएर निस्किएका थिए । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्