site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मिस्टर नेपाल’को छनोट अडिसन झापाबाट सुरु हुँदै

काठमाडौं । ‘मिस्टर नेपाल–२०२४’को छनोटका लागि अडिसन झापाबाट सुरु हुने भएको छ । असार २१ गते झापाबाट प्रतियोगिताको अडिसन सुरु हुन लागेको आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ । 

१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले छनोटमा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको आवेदन इसेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यलय वा सामाजिक संजालबाट समेत प्राप्त गर्न सकिनेछ । 

देशभर छरिएर रहेका युवालाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाइ छ ।
 
प्रतियोगितामा विश्वका जुन सुकै देशमा रहेका ५ फिट ७ इन्चमाथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । 

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड–२०२४’ वा ‘मिस्टर ग्लोवल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । 

प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro