site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बिहारमा एकैदिन पाँच पुल भत्किए, अढाई सातामा १०

पटना । भारतको बिहारमा बुधबार (हिजो) पाँच पुल भत्किएका छन् । यसअघि, नौ दिनका बीचमा पाँच पुल भत्किएको भन्दै एक संघीय मन्त्रीले षड्यन्त्र भइरहेको भनेर सार्वजनिक रूपमा आलोचना गरेका थिए ।

गएको जुन १८ यता बुृधबारसम्ममा त्यहाँ १० पुल भत्किएका छन् । बुधबार सिवान जिल्लामा छाडी नदीमा मात्र दुई पुल भत्किएका थिए ।

बुधबार नै सारण जिल्लामा गण्डकी नदीमा दुई पुल खसेका थिए । ती पुल खस्दा धेरै मानिस प्रभावित भएका जनाइएको छ ।

सिवानका जिल्ला अधिकारी मुकुलकुमार गुप्ताले भने, “छाडी एक मृत नदी थियो, अर्थात् त्यसमा पानी थिएन । तर, ‘जलजीवन हरियाली’ कार्यक्रमअन्तर्गत यो नदीलाई जीवित गरियो । यस इलाकामा अहिले हजारौं एकड जमिनमा खेती गर्न सम्भव भएको छ ।”

‘मृत नदी’ भएकाले त्यहाँको पुल पनि करिब ४५ वर्ष पुरानो भएको उनले बताए । त्यसैले वर्षाका कारण पुल खसेको उनको भनाइ थियो ।

बिहारमा यसअघि अररिया, सिवान, पूर्वी चम्पारण, किसनगन्ज र मधुवनीमा पनि पुल भत्किएका थिए । तिनमा केही निर्माणाधीन थिए भने केही बनिसकेका पुल थिए । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro