site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनले फोनमा पार्टीका नेताहरूलाई भने– म उमेदवारी छोडिरहेको छैन

वाशिङटन । अमेरिकी राष्ट्रपति जो वाइडनेले डेमोक्रेटिक पार्टीका नेताहरूलाई फोन गरेर आफूले राष्ट्रपति पदको उमेदवारी नछोड्ने बताएका छन् ।

उनी बुधबार उपराष्ट्रपति कमला ह्यारिससँग ह्वाइटहाउसमा क्लोज डुअर लन्चमा सामेल थिए । उनले आफ्नो क्याम्पेनमा संलग्न डेमोक्रेटिक नेता तथा कार्यकतालाई फोन गरेर  उमेदवारी नछोड्ने बताएका हुन् । 

उनले उपराष्ट्रपति ह्यारिसलाई उमेदवारी छोड्ने अनुमान गरिँदै आएको थियो । उक्त अवसरमा ह्यारिसले पनि राष्ट्रपतिमा बाइडेनलाई आफ्नो समर्थन कायम रहेको दोहोर्याएकी थिइन् ।

स्रोतले बताएअनुसार बाइडेनले फोनमा भनेका थिए, “म डेमोक्रेटिक पार्टीको उमेदवार हुँ । मलाई कसैले पनि हटाइरहेको छैन । म छोडिरहेको छैन ।”

बाइडेन ह्यारिस क्याम्पेनको तर्फबाट बुधबार फण्डरेजिङका लागि पठाइएको इमेलमा पनि सोही कुरा दोहोर्याउँदै आफू राष्ट्रपति उमेदवारको दौडमा अन्तिमसम्म रहने जनाइएको छ ।

एक साताअघि अर्का प्रतिद्वन्दी डोनाल्ड ट्रम्पसँगको टेलिभिजन डिबेटमा बाइडेनको प्रस्तुति कमजोर देखिएपछि डेमोक्रेटिक पार्टीभित्रै विभिन्न नेताले उनले उमेदवारी छोड्नुपर्ने माग गर्दै आएका थिए । तर, बाइडेनले प्रष्ट रूपमा आफूले नछोड्ने बताएका छन् । उनको विकल्पको रूपमा रहेको भनिएकी उपराष्ट्रपति ह्यारिसले बुधबार नै सीएनएनसँगको संक्षिप्त अन्तर्वार्तामा पनि आफू राष्ट्रपतिको समर्थनमा रहेको  दोहोर्याएकी थिइन् । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro