राजनीति
काठमाडौं । नेकपा एमालेका मन्त्रीहरू अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट निस्किएका छन् ।
उनीहरू त्यहाँबाट सिधैँ बालुवाटार जाने र प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड'लाई राजीनामा बुझाउने स्रोतले बतायो । कांग्रेस एमाले गठबन्धन बन्ने सहमति भएपछि एमाले मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।
मन्त्रीबाट राजीनामा बुझाएपछि एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने स्रोतले बतायो ।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ १९:३५
प्रतिक्रिया दिनुहोस्