site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुईपटक सर्किट लागेको सेयर बजार ४७ अंकले बढेर बन्द

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४७ अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा बन्द भएको हो ।

यस दिन चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो । त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो । 

११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार निरन्तर ओरालो लागेको थियो ।   

आज नेप्से परिसूचक २.२९ प्रतिशतले बढेको छ । २२७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ । हिमालयन डिष्टिलरीको सेयर मूल्य प्रतिकित्ता ८.५४ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहको परिसूचक नै बढेको छ । परिसूचक सर्वाधिक वृद्धि उत्पादन तथा प्रशोधन समूहको ३.३ प्रतिशतले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro