site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
केन्यामा सरकार विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, ३६१ घाइते
Siddhartha BankSiddhartha Bank

नैरोबी । कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अलजजिराले जनाएको छ । केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर)ले सोमबार मृतकको संख्या घोषणा गरेको हो । 

केएनसीएचआर रेकर्डले “देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा“ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको संकेत गरेको छ । यो तथ्यांकले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तिले जनाएको छ । 

Agni Group
NIC Asia

अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्‍याली गत हप्ता संसद्ले विवादास्पद कानुन पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो । 

राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गरे । 

Global Ime bank

“केएनसीएचआरले प्रदर्शनकारी, चिकित्साकर्मी, वकिल, पत्रकारहरूको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्स जस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ“, आयोगले जनाएको छ । 

आयोगले संसद् र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ ।

राष्ट्रपति रूटोले कर वृद्धिसम्बन्धी विधेयकमा कानुनमा हस्ताक्षर नगर्ने घोषणा गरेता पनि मंगलबारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन् । प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । रासस/ एएनआई

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu