site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी सर्वोच्च अदालतले दियो ट्रम्पलाई छुट
Siddhartha BankSiddhartha Bank

वाशिङ्गटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध परेको मुद्दामा त्यहाँको सर्वोच्च अदालतले सोमबार उनलाई महत्वपूर्ण राहत दिँदै फैसला गरेको छ । क्यापिटल हिल दंगा मामिलामा फैसला गर्दै अदालतले ट्रम्पलाई केही हदसम्म इम्युनिटी (छुट) हुने फैसला गरेको छ । 

फैसलाका क्रममा ६ जना न्यायाधीशहरू पक्षमा र ३ जना विपक्षमा रहेका थिए ।

उक्त फैसलामा ट्रम्पलाई उनको आधिकारिक कामका लागि अभियोजनबाट छुट रहेको र उनका अनधिकृत कामका लागि कुनै छुट नहुने जनाइएको छ । यद्यपि, के काम आधिकारिक र के अनधिकृत भन्ने छुट्याउने काम तल्लो अदालतलाई जिम्मा दिइएको छ ।

Agni Group
NIC Asia

यस विषयमा सर्वोच्चले केही दिशा निर्देश भने गरेको छ । ट्रम्पका निजी दस्तावेजलाई प्रमाणको रूपमा पेस गर्न नसकिने जनाइएको छ ।  

असहमति व्यक्त गर्ने तीन लिबरल न्यायाधीशमध्ये एक सोनिया सोटोमेयरले यो फैसलाबाट राष्टपति अब कानुनभन्दा माथि राजा भएको जनाएकी छन् ।

Global Ime bank

राष्ट्रपति चुनावभन्दा पहिला आएको यो फैसलालाई ट्रम्पको ठूलो जीतको रूपमा हेरिएको छ । क्यापिटल हिल दंगा र २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन भएको ट्रम्पको मुद्दामा अब तल्लो अदालतमा सुनुवाइ हुनेछ ।
 
फैसलाले रिपब्लिकनमा खुसी ल्याएको छ । एरिजोनाका रिपब्लिकन सिनेटर मार्शा ब्लैकबर्नले लेखेका छन्, ‘सान्दार खबर । कानुनले एक अवैध उत्पीडनलाई धराशायी गरिदिएको छ ।’

डेमोक्रेटिक पार्टीले यो फैसलामा कडा प्रतिक्रिया दिँदै डेमोक्रेटिक रिप्रेजेन्टेटिभ गैरी कोनोलीले ‘यो एक शर्मनाक फैसला भएको र आउने वर्षहरूमा यसले सताउने’ बताएका छन् ।

बाइडेनको प्रतिक्रिया : खतरनाक उदाहरण
फैसलामा राष्ट्रपति जो बाइडेनले खतरनाक उदाहरण भएको जनाउँदै फैसलाले कानुनी शासनको मान्यतालाई कम आँकेको जनाएका छन् । 

उनले यो फैसला अमेरिकीहरूका लागि डरलाग्दो विकृतिको रूपमा आएको समेत जनाएका छन् । उनको क्याम्पेनले पनि  ६ जनवरीमा जे भयो यो फैसलाले त्यो कुरा नबदल्ने बताएको छ ।  

बाइडेनको प्रचार क्याम्पेनका तर्फबाट दिइएको वक्तव्यमा २०२० को चुनाव हारेपछि जे भयो त्यो तथ्य नबदलिने बताएको छ । क्याम्पेनले ट्रम्प लोकतन्त्रका लागि खतरा भएको बताउँदै आएको थियो ।

ट्रम्पले भने यो फैसलाको स्वागत गर्दै प्रजातन्त्रको ठूलो विजय भएको बताएका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय