site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस र एमालेबीच गठबन्धन गर्ने 'सहमति', देउवा र ओलीले हस्ताक्षर गर्दै !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) नयाँ गठबन्धन बनाउने ‍'सहमति'नजिक पुगेका छन् ।

तर, स्रोतका अनुसार संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने 'सहमति नै बनिसकेको बनेको' स्रोतले जनायो ।

Agni Group
NIC Asia

स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।

कांग्रेसका एक शीर्ष नेताका अनुसार देउवासहितका नेताहरू ओलीलाई भेट्ने तयारीमा छन् । आफूहरूको तर्फबाट सकेसम्म आजै समझदारीमा हस्ताक्षर गर्ने तय भएको ती नेताले बताए ।

Global Ime bank

स्रोतका अनुसार सोमबार साँझैदेखि कांग्रेस र एमालेबाट दुई–दुई नेता छलफलमा जुटेका थिए ।

स्रोतका अनुसार संविधान संशोधनमा स्थानीय तहको संख्या घटाएर वडाको संख्या बढाउने, प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने, प्रदेशको संख्यामा पनि पुनरवलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषय समावेश हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय